हुलाकी न्यूज, जनकपुरधामः
के जनकपुरधाममा कुनै पनि सर्वसाधारणले विना बाटोको जग्गामा घर बनाउन पाउँछन्?
जनकपुरधाम उपमहानगरपालिकाले कुनै पनि तलाउको डिलबाट २५ फिट जग्गा छोडेर भौतिक संरचना निर्माण गर्ने निर्णय गरेको छ। के त्यो निर्णय मिचेर सर्वसाधारणले घर निर्माण गर्न सक्छ?

‘तर, जनकपुरधामका मेयर लालकिशोर साहलाई कमिसन दिएपछि सबै कुरा हुँदो रहेछ’, युवा नेता राकेश विक्रम साह ।
घटना हो जनकपुरधाम ८ स्थित रसिक विहारी मन्दिर, पापमोचनी सरको जग्गा कब्जा गरी सिता देवी यादवको नाममा बृजकुमार यादवले बनाएको पाँच तल्ले भवनको।

मध्यरातमा रसिक भगवान मन्दिरको पर्खाल भत्काएर बृजकुमार फरार भएका थिए। स्थानीयवासीहरुले प्रदर्शन गर्दै उनको घरमा समेत खोजतलास गरेका थिए।

मन्दिरको पर्खाल भत्काएको भन्दै प्रहरीमा उजुरी गरिएपनि प्रहरीबाट कुनै कारवाही नभएको नेकपा एमालेका नेता हिरा साह बताउँछन्। गुठीको जग्गा कब्जा गरिएको भन्दै धनुषाका प्रमुख जिल्ला अधिकारीले छानविन समिति पनि गठन गरे। तर, समितिले हालसम्म प्रतिवेदन सार्वजनिक गरेको छैन।

जानकी मन्दिरका महन्थ रामतपेश्वर दासले अनाधिकृत रुपमा बृजकुमारलाई गुठीको जग्गाबाट बाटो दिएको भन्दै बाटो बदर गर्न पत्रचार गरेपछि गुठी संस्थान हुँदै मालपोत कार्यालयले बाटो बदर भएको थियो।

बाटो बदर भएपछि घरको नक्सा बदर गर्न जनकपुरधाम उपमहानगरपालिकामा उजुरी दर्ता भएको छ। तर, उजुरी साधारण तारेखमा राखेर मेयर लालकिशोर साहकै इशारामा बृजकुमारले घर निर्माण गरेको कुटीका अध्यक्ष जगदिश साह बताउँछन्।

उपमहानगरपालिकाको न्यायिक समितिमा विचाराधिन रहेको अवस्थामा मेयर लालकिशोर साहकै सहमतिमा बृजकुमारले गुठीको जग्गा कब्जा गरी र रसिक विहारी भगवान तेली कुटीको जग्गा कब्जा गरी घर निर्माण गरेको नेता साह बताउँछन्।
बाटो बदर भइसकेको जग्गाको घर नक्सा रद हुने गरेको छ। तर, मेयर लालकिशोर साहले कानुन विपरीत बृजकुमारलाई घर निर्माण गर्न दिएको अभियन्ता राकेश विक्रम साह बताउँछन्।

उनका अनुसार प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले बृजकुमारका लागि पापमोचनी सर मिचेर बाटो निर्माण गराउन लागेका छन्। भूमाफियाका लागि एतिहाँसिक तलाउ मिचेर बाटो निर्माण प्रक्रिया अगाडि बढाईकोमा अभियन्ता साहले दुःख व्यक्त गरे।

उनले यस विषयमा प्रदेश सरकार र केन्द्र सरकारलाई तत्काल एक्सन लिन आग्रह गरे।

राम जन्मभूमीका लागि भौतारिदै प्रधानमन्त्री ओली, सिता जन्मभूमीको मठमन्दिर मासिदा ‘च्यू’समेत बाेलेन

बीबीसी संवाददाता बृजकुमारले कब्जा गरेको गुठी जग्गाको बाटो रद्द

लालपुर्जा खारेज हुने भएपछि जातीय दंगा गराउँदै बृजकुमार यादव (जग्गाको इतिहाससहित)

मन्दिरको जग्गा कसैलाई कब्जा गर्न दिदैनौं : प्रदेश २ सरकार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.