हुलाकी न्यूज, जनकपुरधामः
प्रधानमन्त्री केपी शर्मा ओलीले राम जन्मभूमी चितवनमा रहेको दाबी गर्दै राम मन्दिर बनाउने तयारी गरेका छन्। जसका लागि प्रधानमन्त्री ओलीले मंगलबार प्रधानमन्त्री निवास बालुवाटारबाट रामसिताको मुर्ति पनि त्यसतर्फ पठाएका हुन्। जनकपुरधामबाट पनि ठूलो संख्यामा हिन्दूहरु त्यसतर्फ लागेका छन्।

तर, पौराणिक रुपमै प्रमाणित सिताको भूमी जनकपुरधामका मठमन्दिरहरु भूमाफियाले सिध्याउनै लाग्दा प्रधानमन्त्री केपी शर्मा ओली अथवा उनको मन्त्रिपरिषद्का कुनै पनि मन्त्रीले ‘च्यू’समेत बोल्न सकेका छैनन्।

नेकपा (एमाले)कै नेता माधव कुमार नेपाल प्रधानमन्त्री हुँदा जनकपुरधामका मठमन्दिर तथा गुठीको जग्गा हिनामिना भइरहेको भन्दै छानविन भएको थियो।

तर, ओली प्रधानमन्त्री हुँदा मठमन्दिर तथा जग्गा मासिने क्रम तीब्र भएको छ। र, ओली सरकार मौन रहेको जनकपुरधामस्थित रसिक विहारी भगवान मन्दिर (ट्रष्ट)का अध्यक्ष जगदिश साह बताउँछन्।

हिन्दूहरुको आस्थाको केन्द्र रहेको जनकपुरधामका दर्जनौं मन्दिर र तलाउहरु मास्ने भूमाफियाहरुसँग देशका प्रधानमन्त्री केपी शर्मा ओलीसमेत डराएको उनको भनाई छ। प्रधानमन्त्री ओलीलाई बारम्बार जनकपुरधामका मठमन्दिर तथा गुठीको जग्गा जोगाउन गुहार गरेपनि सुनवाई नभएको जनकपुरधामका स्थानीयबासीहरुको भनाई रहेको छ।

हालसालै जनकपुरधामस्थित गिरनारी कुटी, महराज सर, एतिहासिक तिरहुतिया गाछी र रामानन्द चौकस्ति रसिक विहारी भगवान मन्दिरको जग्गा भूमाफियाहरुले कब्जा गरेको जनकपुरधाम सम्पदा संरक्षण समितिका संयोजक राकेश विक्रम बताउँछन्।

यी मठमन्दिरहरु मासिदा ओली सरकारका मन्त्रीहरुलाई बारम्बार ताकेता गर्दा समेत कुनै सुनवाई नभएको उनको भनाईछ।

रसिक विहारी भगवान मन्दिरको जग्गा हिनामिनाको विषयमा प्रमाणसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोग निवेदन दिदासमेत कुनै उपलब्धी नभएको उनको भनाई छ।


रसिक विहारी भगवान मन्दिरको जग्गा कब्जा गरी बृजकुमारले बनाएको भवन

गुठीको जग्गा, पापमोचनी सरको जग्गा र रसिक विहारी भगवान मन्दिरको जग्गा कब्जा गरी उपेन्द्र यादव निकट पत्रकार बृजकुमारले पाँच तल्ले भवन निर्माण गरेकोमा कुनै निकायबाट सुनवाई नभएको भन्दै प्रधानमन्त्रीलाई नै उद्धार गर्न संयोजक राकेश विक्रमले आग्रह गरे।

मध्यरातमा रसिक विहारी भगवान मन्दिरको पर्खाल भत्काई बृजकुमारलगायतको समूहले मन्दिरको जग्गा कब्जा गरेका थिए। गैरकानुनी रुपमा गुठीको जग्गा कब्जा गरिएको तथा गुठी संस्थान र मालपोत कार्यालयले बाटोसमेत बदर गर्दासमेत घर निर्माण गरिएको छ।

जग्गाको बाटो रद भएपछि नक्सा रद्द गर्न माग गर्दै जनकपुरधाम उपमहानगरपालिकामा मुद्दा दर्ता रहेको छ। तर, जनकपुरधाम उपमहानगरपालिकाकै मिलिमतोमा भवन निर्माण भइरहेको छ।

मेयर लालकिशोरले यसरी तलाउ र गुठीको जग्गा कब्जा गराए

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.