हुलाकी न्यूज, काठमाडौं : बीबीसी नेपाली सेवाका संवाददाता एवं नक्कली कागज बनाई जनकपुर टुडे मिडिया ग्रुप प्रा.लिका संचालक भएका बृजकुमार यादवले श्रीमति सिता देवी यादवको नाममा खरिद गरेको जानकी मन्दिरको जग्गा गुम्ने भएपछि जातीय दंगा गराउन खोजेका छन्।
जिल्ला प्रशासन कार्यालय धनुषाले बनाएको छानविन समितिले छानविन गरेपछि उक्त जग्गाको लालपुर्जा नै खारेज हुने निष्कर्षमा पुगेको छ।
जग्गा खारेज हुने भएपछि जातीय संगठनलाई उचालेर जनकपुरधाममा जातीय दंगा गराउन खोजेको समाजसेवी सत्यनारायण साहको दाबी रहेको छ। कतिपय जातीय संगठनका नेताहरुलाई नै ब्यालमेलिगं गरी आफ्नो पक्षमा बोल्न बाध्य पारिएको उनको भनाई रहेको छ।
२०५३ सालमा कपाल मोचनी सरको डिलमा रहेको जानकी मन्दिरको एक कठा ७ धुर एक कनमा जग्गाको रैतान परिणत गर्न निवेदन परेको थियो। त्यसअघि मालपोतकै एक कर्मचारीले नापीका बेला आफ्नो श्रीमतिको नाममा उक्त जग्गा अबैधानिक रुपमा लेखाएका थिए। जसकारण अख्तियारले उनीमाथि कारवाही गरेको थियो।
२०५५ सालमा मनोरमा देवीको नाममा अवैधानिक रुपमा एक कठा जग्गाको रैतान परिणत गरिएको देखिन्छ। त्यसपछि कयौं व्यक्तिसँग उक्त जग्गा खरिद विक्री भयो। जग्गा खरिद गर्ने व्यक्तिहरुले लालपुर्जा नक्कली भएको थाहा पाएपछि जग्गा बेच्दै गएका थिए।
नक्कली लालपुर्जा भएको जग्गा आफ्नो मिडियाको दुरुपयोग गरी कब्जा गर्ने मनसायले बीबीसी संवाददाता बृजकुमार यादवले करिब १२ लाखमा खरिद गरेका थिए।
रसिक विहारी भगवान तेली कुटी (ट्रष्ट)का अध्यक्ष जगदिश साहले सय वर्षभन्दा बढी पुरानो रहेको ट्रष्टको जग्गा बृजकुमारले मिडियाको बलमा कब्जा गर्न खोजेको र अबैध लालपुर्जा बैध बनाउन खोजेको बताउँछन्।
गुठीको जग्गाका विषयमा छानविन गर्न बनेको भोजराज घिमिरे नेतृत्वको आयोगको प्रतिवेदनले पनि उक्त जग्गा अबैधानिक रुपमा निजिकरण गरिएको प्रतिवेदन दिइसकेको छ। सोही प्रतिवेदनका आधारमा माधव नेपाल नेतृत्वको सरकारले त्यस्तो अवैध जग्गाहरुको लालपुर्जा खारेज गर्ने निर्णय गरेको थियो। उक्त निर्णय कार्यन्वयन भए यादवको जग्गाको लालपुर्जा खारेज हुनेछ।
यसैगरी मुलुकी देवानी संहिताका अनुसार ३० वर्षदेखि भोगचलन गर्दै आएका व्यक्तिको जग्गा हुने व्यवस्था छ। सोही अनुसार सय वर्षभन्दा बढी समयदेखि रसिक विहारी कुटीले भोगचलन गर्दै आएको जग्गा कुटीकै हुने जिल्ला प्रशासन कार्यालय धनुषाको छानविन समितिको निष्कर्ष रहेको छ।
अहिले उक्त जग्गामा बाटो पनि अवैधानिक रुपमा काटिएको छ। सार्वजनिक पोखरीको डिलमा बाटो बनाइएकोले उक्त बाटो खारेज हुने मालपोत कार्यालय धनुषाले जनाएको छ। अवैध बाटोलाई मानेर नक्सा पास गर्ने जनकपुरधाम उपमहानगरपालिकाका कर्मचारीलाई पनि कारवाही हुने उद्योग वाणिज्य महासंघ प्रदेश २ का अध्यक्ष शिवशंकर साह हिराले बताए।
यसैबीच, अध्यक्ष साहले जनकपुरधामका उद्योगी अरुण सिंघानियाको हत्याको छानविनको माग गर्दै जनकपुर टुडे मिडिया ग्रुप प्रालिका विषयमा छानविन गर्न माग गरेका छन्। साहका अनुसार सिंघानियाको हत्या गराई बृजकुमार यादवले जनकपुर टुडे मिडिया ग्रुप प्रा.लि. आफ्नो र आफ्नो श्रीमातिको नाममा गराएका छन्। टुडे ग्रुपका अन्य शेयर होल्डरहरुको फर्जी कागजसमेत बनाएको साहको दाबी छ।





[…] […]
[…] […]
[…] […]