
हुलाकी न्यूज, जनकपुरधामः बीबीसी नेपाली सेवाका संवाददाता बृजकुमार यादवले कब्जा गरेको गुठीको जग्गाको बाटो रद्द गरिएको छ।
जनकपुरधामस्थित रसिक विहारी भगवान तेली कुट्टी र जानकी मन्दिर तथा अन्य गुठीको जग्गा बृजकुमारले निजिकरण गरेका छन्। गुठीको जग्गा कब्जा गरी बृजकुमारले निजी घर बनाउन लागेको भन्दै चौतर्फी विरोध भएको थियो।
बृजकुमारले मध्यरातमा रसिक विहारी भगवान मन्दिरको पर्खाल भत्काई जग्गा कब्जाको प्रयास गरेका थिए। उक्त प्रयास असफल भएपछि जनकपुरधाम उपमहानगरपालिकामा मुद्दा चल्दै गर्दा जनता समाजवादी पार्टी (जसपा)का नेता शेषनारायण यादवसहितकाले मन्दिर बचाउन आएका हिन्दुहरुलाई कुटपिट गरी दिउँसै घर निर्माण थालेका छन्।
रसिक विहारी भगवान मन्दिरसहितको जग्गा कब्जा गरी बृजकुमारले हाल निजी घर निर्माण गरिरहेको मन्दिरका अध्यक्ष जगदिश साहले जानकारी दिएका छन्।
उक्त जग्गाका लागि जानकी मन्दिरका महन्थ रामतपेश्वर दासको मिलिमतोमा पोखरीको डिल र पानीबाट बाटो काटिएको थियो।
बाटो गैरकानुनी देखिएपछि गुठीको केन्द्रीय कार्यालयले बाटो रद्द गरेको युवा समाजसेवी राजुकुमार साहले हुलाकी न्यूजलाई जानकारी दिए।
गुठीले मालपोत र नापीलाई बाटो रद्द गर्न चिठी पठाइसकेको छ।

बृजकुमारले जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साहसँग लेनीदेनीका आधारमा घरको नक्सा पारित गराएको आरोप हिन्दु महासंघका मनोज यादवले बताए।
अब बाटो नै रद्द भएपछि उक्त घरको नक्सा पनि रद्द गर्न माग गर्दै सोमबार राजुकुमार साहले जनकपुरधाम उपमहानगरपालिकामा निवेदन दर्ता गराएको जानकारी दिएका छन्।
जनकपुरमा मध्य राति गुठीको जग्गामाथि भूमाफियाको कब्जा
जनकपुरधामः हिन्दुहरुको मन्दिर जसपा नेताकै नेतृत्वमा तोडफोड हुँदै, सर्वसाधारणलाई कुटपिट
लालपुर्जा खारेज हुने भएपछि जातीय दंगा गराउँदै बृजकुमार यादव (जग्गाको इतिहाससहित)
भूमाफियालाई मेयर लालकिशोरको संरक्षण (प्रमाणसहित)
जनकपुरधाम उपमाको पत्र बुझ्न बृजकुमारद्वारा अस्वीकारः कानुन विपरीतको नक्सामाथि छानविन हुँदै
लक्ष्मीनियाँ माई मन्दिरको जग्गा पनि बृज कुमारद्वारा कब्जा [भिडियो रिपोर्ट]




[…] बीबीसी संवाददाता बृजकुमारले कब्जा गर… […]