जनकपुरधाम : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाको सहिदनगर नगरपालिकामा कार्यरत इन्जनियर रमेशकुमार चौधरीलाई घुससहित नियन्त्रणमा लिएको छ।

अख्तियारको बर्दिवास कार्यालयबाट खटिएको टोलीले इन्जिनियर चौधरीलाई वाल निर्माण कार्य सम्पन्न भएपछिको भुक्तानी दिने क्रममा सेवा ग्राहीसँग घुस लिइरहेको अवस्थामा नियन्त्रणमा लिएको हो।

उनलाई नगद एक लाख घुस लिइसकेको अवस्थामा उक्त रकम र एक लाख ७५ हजार रुपैयाँको चेकसहित नगरपालिकाको वडा नम्बर ३ स्थित पशुसेवा केन्द्रको भवनबाट नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ।

नियन्त्रणमा लिएका चौधरीमाथि अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.