हुलाकी न्यूज, काठमाडौं २० फागुन । जारी मधेश आन्दोलनमा मधेश–थरुहटका जल, जंगल र जमिनको मुद्दा पनि समावेश गर्नु पर्ने पेसाकर्मी सुजित झाले बताएका छन् ।
हुलाकी न्यूजको गोलमेचमा सहभागी झाले चुरे बनको एजेण्डालाई महत्व दिनु पर्ने बताउँदै चरे बन जोगिएन भने मधेश पनि नजोगिने औल्याए ।
उनले चुरे विनासले मधेश मरुभूमिकरणतर्फ गइरहेको ध्यानाकर्षण गराउँदै आन्दोलनका एजेण्डामा यस्ता विषयहरु समावेश हुनु पर्ने बताए ।
मधेश–थरुहटमा जारी आन्दोलन शिथिल हुनुको मुख्य कारण मधेशी मोर्चाका नेताहरुबीचको अन्तरद्वन्द्व रहेको निष्कर्ष निकाल्दै सर्वपक्षीय सहमतिका आधारमा आन्दोलनमा होमिनु पर्ने बताए ।
झाले मधेशका राजनीतिक दल र मधेशका पेसाकर्मी, कर्मचारी, व्यापारी र मिडियाकर्मीहरुसँग सहकार्य गरेर आन्दोलन अगाडि बढाउन सुझाव दिए ।



