हुलाकी न्यूज, काठमाडौं १८ फागुन । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले आन्दोलनको क्रममा युवालाई नेतृत्व गर्न नदिएको तराई–मधेश विद्यार्थी फ्रण्टका महासचिव मनिष मिश्राले आरोप लगाएका छन् ।
हुलाकी न्यूजको गोलमेचमा सहभागी मिश्राले जारी मधेश–थरुहट आन्दोलनमा मोर्चाका शिर्ष नेताहरुले युवा नेताहरुलाई जिम्मेबारी नदिएको बताउँदै मोर्चाकै कारण नयाँ नेतृत्व विकास हुन नसकेको बताए ।
उनले पार्टीभित्र पनि युवा नेताहरुले आवाज उठाउन नसकेको स्वीकार गरे ।
मिश्राले भने,‘नेतृत्व खोसिने डरले मोर्चाका नेताहरुले युवा नेतालाई अगाडि बढाउन खोजेको छैन । आन्दोलनमा कुनै युवालाई नेतृत्व दिइएको छैन । हामी बृद्ध नेताहरुलाई सम्मान गर्दै मार्गदर्शकको रुपमा राख्न चाहन्छौं र नेतृत्व हामी युवाले लिनु पर्छ ।’



