हुलाकी न्यूज, काठमाडौं १७ फागुन । मधेशी नेताहरु कुनै बेला मधेश प्रदेश र कुनै बेला मधेश देश माग्ने गरेकोले मधेशी नेताहरु नै दोधारमा रहेको डा.नीरञ्जन साहले बताए ।
हुलाकी न्यूजको गोलमेचमा सहभागी डा.साहले संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका नेताहरुले मधेश प्रदेश नदिए मधेश देश हुन सक्ने चेतावनी दिदै आएकोले जनताहरु पनि अलमलमा परेको बताए ।
डा.साहले भने,‘मधेशी मोर्चा राजनीतिक मुद्दामा स्पष्ट हुन सकेको छैन । नेपालभित्र मधेश चाहिएको हो की नेपाल बाहिर मधेश चाहिएको हो, मोर्चाका नेताहरुको भाषणबाट प्रष्ट हुन सकेको छैन । मोर्चाका अधिकांश नेताहरुले मधेश प्रदेश नभए मधेश देश बन्ने चेतावनी दिदै आएका छन् । अव मधेश प्रदेश की मधेश देशको सवालमा प्रष्ट हुनु आवश्यक छ ।’
अव आन्दोलन गर्दा मुद्दामा स्पष्ट हुनु पर्ने बताउँदै डा.साहले भने,‘मधेशी मोर्चाले सबैसँग सहकार्य गर्न सकेन । मधेशमा आन्दोलनरत सबै पक्षलाई समेट्नु पर्ने थियो तर समेटेन । अव आन्दोलन गर्दा सबै पक्षलाई समेटिएन भने आन्दोलन सफल हुने छैन ।’



