जनकपुर : डा. सीके राउत नेतृत्वको जनमत पार्टीको केन्द्रिय समितिको बिस्तारित बैठक यही मंसिर २८-२९ गते ढल्केवरमा बस्ने भएको छ। बैठक प्रदेश न.२ स्थित पुर्व पश्चिम राजमार्गमा पर्ने होटल रोयल सम्राटमा बस्ने जनमत पार्टीका धनुषा जिल्ला अध्यक्ष ओम बिक्रम कुश्वाहाले जानकारी गराउनु भएको छ।

बैठकमा पार्टीका सम्पूर्ण केन्द्रीय सदस्यहरू, विभाग मोर्चा भातृसंगठन शुभेच्छुक संगठनका संयोजक / सहसंयोजक, अध्यक्ष सचिव, हरेक जिल्ला समन्वय समितिका कार्यकारिणी पदाधिकारीहरू सहभागी हुने जनाइएको छ। बैठकमा मंसीर २७ गते सोमबार अपरान्ह ३ बजे आइपुग्न भनिएको छ।बैठकमा सहभागी केन्द्रिय समिती सदस्य तथा पदाधिकारी हरुले प्रगति विवरण फारम, सम्पूर्ण अधिवेशन माइन्यूटहरू, केन्द्रीय सदस्यले आफू खटेका क्षेत्रहरूको प्रतिवेदनहरू, सदस्यता ठेलीहरू, जिल्लाका प्रतिवेदनहरू, युवा दस्ता गठन भएको प्रमुखहरूको सूची फाईल समेत बुझाउनु पर्नेछ । जनमत पार्टीको केन्द्रिय समितिको बिस्तारित बैठक प्रत्येक तीन तीन महिनामा बस्दै आएको छ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.