हुलाकी न्यूज, जनकपुरधाम । बैदेशिक रोजगारीको सिलसिलामा कुवैत पुगेका एक श्रमिक कुवैतमा कारावासमा जिवन बिताउन बाध्य भएका छन ।
विदेह नगरपालिका वाड नं ३, धनुषा को चिकना घर भएका सूर्य नारायण दास लाई कुवेतमा अवतरण गरे लगत्तै त्यहाँको अध्यागमनले जांचको क्रममा उनलाई बिमानस्थलबाटै पक्राउ गरेको थियो। गएको जून २६ मा त्रिभुवन अन्तर्राष्ट्रीय विमानस्थलका कर्मचारीहरूले राम्रो संग सामान चेक जांच नगरी जांच पास गरि लापरवाही गरेको कारण उनी विदेशमा कारावास जिवन बिताउन बाध्य भएका हुन ।
पक्राउ परेपछि अचानक परिवारबाट संपर्कबिहीन भएपछि उनको परिवारले खोजबिन गरिदिन जनमत पार्टीको बिदेश बिभाग अन्तर्गत गैर आवासीय मधेशी संघका पदाधिकारी एवं अंतर्राष्ट्रीय समिती महासचिव डा. श्याम बाबु महतो मार्फ़त सहयोगका लागि आग्रह गरेका थिए। लगतै संघको कुवैत शाखाका अध्यक्ष मकेश्वर यादव, अन्तर्राष्ट्रीय समिति सदस्य परमहंस ठाकुर लगायतको टीम त्यहाँ कुवैत स्थित नेपाली राजदुतावाससंग समन्वय गरि खोज तलास गर्ने क्रममा उनी कुवैत अन्तर्राष्ट्रीय विमान स्थलमा चेक जांचका क्रममा अवैध समाग्री बरामद भएको कारण जेल जानुपरेको जानकारी प्राप्त भएको थियो।

गैर आवासीय मधेसी संघ कुवैत शाखा का अध्यक्ष मकेश्वर यादव को टीमले कुवैत स्थित नेपाली राजदूतसंग प्रत्यक्ष भेट गरि उनको समस्या बारे अवगत गराएका थिए। नेपाली राजदूतले यस सम्बधमा आवश्यक प्रक्रिया मिलाई उनको रिहाई गराउने आस्वाशन दिएको संघका कुवैत शाखा अध्यक्ष यादवले बताए ।

संघका अंतर्राष्ट्रीय समिती महासचिव श्यामबाबु महतोले रोजगारीको शिलशिलामा विदेशजाने-आउने श्रमिकहरूलाई अवैध सामग्री ओसारपसार तथा बेच बिखन जस्ता क़ानून बिपरीत काम नगर्न र आफु जुन देशमा कार्यगत हुनु हुन्छ त्यो देशको नियम कानूनको दायरामा रहेर काम गर्न हुन समेत अनुरोध गरेका छन ।
गैर आवासीय मधेशी संघ अन्तर्राष्ट्रीय समितिले कुवैत लगायत युएई, कतार, मलेसिया, साउदी अरब, वहराईन अन्य ४७ देशहरूमा संगठन विस्तार गरेका छन ।
बिदेशी भूमिमा रहेका प्रवासी मधेशीहरुको छाता संगठन एनआरएमए ले मधेसीहरुलाई एकता बद्ध गर्दै एक-आपसमा सहयोगी भावना राखि आर्थिक सहयोगदेखि रोजगार सम्बन्धी समस्या, बिदेशी क़ानूनी समस्या आदिमा समेत संगठनले सहयोग गर्दै आई रहेको छ। यसका साथै बिदेशी भूमिमा दुर्घटनामा परेका, जेल परेका, मृत्यु भएका समस्यामा समेत एनआरएमएले समस्या समाधानका लागी सक्रिय पहल गर्दै आएको छ ।

 

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.