हुलाकी न्यूज – महोत्तरी । धान रोप्ने समयमा कृषि मजदुरको अभाव भएपछि जनमत पार्टीका नेताहरू स्थानीय किसानका खेतमा धान रोपाईं गर्न पुगेका छन् । मधेस प्रदेशका विना विभागीय मन्त्री समेत रहेका जनमत पार्टीका नेता ई. बसन्त कुमार कुशवाहा सहितका नेता कार्यकर्ता धान रोपाइमा जुटेका हुन् ।

महोत्तरी गाउँपालिका वार्ड-५ का कृष्ण साहको एक विघा जमिनमा जनमत पार्टीका नेता कार्यकर्ताको सामूहिक श्रमदानमा धान रोपिएको हो ।

महोत्तरी गाउँपालिका वार्ड-५ का कृष्ण साहको एक विघा जमिनमा जनमत पार्टीका नेता कार्यकर्ताको सामूहिक श्रमदानमा धान रोपिएको हो ।

सो रोपाईंमा पूर्व कृषि मन्त्री समेत रहेका कुशवाहा, प्रतिनिधि सभा सदस्य अनिता साह, केन्द्रीय कार्यकारिणी सदस्य शम्भुनाथ साह, संजय स्वराजी, एनआरएमए महासचिव डॉ. श्याम महतो लगायत सामेल भएका थिए ।

उनीहरुलाई कृषकले खेतमा खाजा (जलखई) खुवाएका छन् । मन्त्री कुशवाहाले मधेशमा सामूहिक खेतीको अवधारणा आजको प्रमुख आवश्यकता रहेको समेत बताए । ‘खेती किसानीलाई मधेशमा प्रमुख पेशाको रूपमा विकसित गर्नु र एक अर्कालाई सहयोग गरी कृषि पेशालाई मर्यादित बनाउन सबैले जोड़ दिनु पर्छ’ उनले भने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.