भैरहवा – जनमत पार्टीका अध्यक्ष डा.सिके राउत आज बेथरी नरसंहार स्थलको माटो लिई जनमत माटो यात्रा शुभारम्भ गर्नु भएको छ । यात्राको चौथो दिन आज रुपन्देहीको मायादेवी गाउँपालिका र सुध्दोधन गाउँपालिकाको ऐतिहासिक स्थलहरुबाट माटो लिने जनमत पार्टी केन्द्रिय सचिब भोपेन्द्र यादवले बताउनु भयो।
हिजो शनिबार कपिलवस्तु जिल्लाको कपिलवस्तु नगरपालिकाको तिलौराकोट दरवार , कृष्णानगरको पल्टा देबी मन्दिर परिसर बाट माटो संकलन गरिएको थियो। भने कपिलवस्तुको बाकी स्थानीय तहमा माटो लिन पुनः डा. राउत १७ गतेबाट कपिलवस्तुमा रहने छ। विश्व शान्तिका प्रतिक भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनी स्थित मायादेबी मन्दिरबाट माटो संकलन गर्दै शुक्रबार डा.राउतले यात्राको थालनी गरेका थिए ।
पुर्वको झापादेखि पश्चिमको कञ्चनपुरसम्मको यात्रामा उनले हरेक स्थानिय निकायको केन्द्रमा पुगि त्यहांको माटो संकलन गर्नेछन् ।जनमत माटो यात्राबाट हरेक स्थानियनिकायको केन्द्रमा पुगेर त्यहाको माटो संकलन गर्ने र संकलन गरिएको माटाले ‘मधेस एकता उद्दान’ निमार्ण गर्ने लक्ष्य रहेको केन्द्रिय उपमहासचिव ईन्द्रजित यादवले बताए ।






