तौलिहवा – जनमत पार्टीका अध्यक्ष डा.सिके राउत जनमत माटो यात्राको क्रममा आज पनि कपिलवस्तुमा रहने भएको छ । हिजो शनिबार कपिलवस्तु जिल्लाको कपिलवस्तु नगरपालिकाको तिलौराकोट दरवार , कृष्णानगरको पल्टा देबी मन्दिर परिसर बाट माटो संकलन गरिएको थियो भने आज पनि डा. राउत कपिलवस्तुकै शिवराज नगरपालिका , बिजयनगर नगरपालिका , महाराजगन्ज नगरपालिका लगायतका स्थानीय तहको ऐतिहासिक स्थानहरुबाट माटो संकलन गरिने जनमत पार्टी कपिलवस्तु जिल्ला अध्यक्ष रामलाल यादवले बताउनु भयो।
विश्व शान्तिका प्रतिक भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनी स्थित मायादेबी मन्दिरबाट माटो संकलन गर्दै शुक्रबार डा.राउतले यात्राको थालनी गरेका थिए ।
पुर्वको झापादेखि पश्चिमको कञ्चनपुरसम्मको यात्रामा उनले हरेक स्थानिय निकायको केन्द्रमा पुगि त्यहांको माटो संकलन गर्नेछन् ।
जनमत माटो यात्राबाट हरेक स्थानियनिकायको केन्द्रमा पुगेर त्यहाको माटो संकलन गर्ने र संकलन गरिएको माटाले ‘मधेस एकता उद्दान’ निमार्ण गर्ने लक्ष्य रहेको सचिव भोपेन्द्र यादवले जनाए ।





