बुटवल ; जनमत पार्टीको राष्ट्रिय अध्यक्ष डा. सीके राउत आज लुम्बिनी बाट जनमत माटो यात्रा शुभारम्भ गर्ने भएको छ।भगवान गौतम बुद्धको जन्मभुमि लुम्बिनीको गेट नम्बर ०५ मा आयोजित एक समारोह बीच उदघाटन हुने जनमत पार्टीका केन्द्रिय सचीव नेता भोपेन्द्र यादवले जानकारी गराउनु भयो। उदघाटन पश्चात् डा. राउतको सम्बोधन हुने पनि जनाएको छ। त्यसपछी मेची महाकाली यात्रामा होमिने एक नेताले बताए ।
यात्राको क्रममा देशभरका स्थानीय तह (गाउँपालिका/ नगरपालिका ) को माटो संकलन गरेर “मधेश एकता उद्यान ” बनाउने जनमत पार्टी केन्द्रिय कार्यकारिणी समितिले निर्णय गरेको जनाइएको छ ।
जनमत पार्टीको आइतबार सम्पन्न केन्द्रीय कार्यकारिणी समितिको बैठकले मंसिर १० गते लुम्बिनीबाट शुरु हुने यात्रा विभिन्न चरणमा हुने निर्णय गरेको छ।बैठकले मंसिर २८ र २९ गते पार्टीको केन्द्रिय समितिको विस्तारित बैठक बोलाउने निर्णय पनि गरेको छ ।भने भ्रष्टाचार विरुद्ध जारी आन्दोलन लाई थप सशक्त बनाउन युवा दास्ता निर्माण देखि आन्दोलन समिति बनाउन कार्यकर्ता लाई निर्देशन समेत दिएको छ।



