बिरगंज : जनमत पार्टीको राष्ट्रिय अध्यक्ष डा. सीके राउतको सम्बोधन आज बाराको फेटा गाउँपालिका हुने कार्यक्रम रहेको छ। जनमत पार्टी फेटा गाउँपालिकाको गाउँपालिका अधिबेशनको प्रमुख अतिथिको रुपमा डा. राउत सम्बोधन गर्ने नेता आर के राउतले जानकारी गराउनु भयो।
फेटा गाउँपालिका अधिबेशन कार्यक्रमको खुला सत्र कार्यक्रम उदघाटन पश्चात् सम्बोधन गरि डा. राउत जनमत माटो यात्राका लागि लुम्बिनी निस्किने जनमत पार्टीका केन्द्रिय उपाध्यक्ष ई. वसन्त किश्वाहाले जानकारी गराउनु भयो। हिजो डा. राउतले पर्साको पिखरियामा आम सभालाई सम्बोधन गर्नुभएको थियो ।



