हुलाकी न्यूज, कतार: विश्वभरी छरिएर रहेका मधेशीहरुको छाता संगठन गैर आवासीय मधेशी संघ कतारले कोरोना भाइरस (कोभिड-१९ ) नियन्त्रण तथा राेकथामका लागि कतारमा समिति गठन गरेका छन्।

सुक्रबारको अनलाइन बैठक द्वारा समितिका नामावलीको घोसना गरेका छन। संयोजकमा ई. बिरेन्द्र कुमार साह, सुरक्षा र सुरक्षा सँग सम्बन्धितमा ई. राम देव राय, अस्पताल सम्बन्धितमा राम जन्म शर्मा, नेपाली दूतावास सम्बन्धीमा ई. शम्भु नाथ साह, सामान्य सोधपुछको लागि जितेन्द्र यादव र सदस्य सचिवमा राम हिर्दय यादव रहेका छन।

यो समितिको घोषणा भयेको दिन देखि कार्यान्वयन हुन्ने र कोरोना भाइरस संक्रमणको अन्त संगै यो समिति आफै विघटन हुँने निर्णय पनी यसै बैठक द्वारा गरिएको छ।

बैठकले कोरोना महामारीको समयमा सम्पूर्ण प्रवासी सदस्यहरूलाई समस्यामा परेको खण्डमा आ-आफ्नो स्तर बाट सहयोग गर्न समेत अनुरोध गरेको छ ।

बैठकमा गैर आवासीय मधेशी संघ कतारका र अंतराष्ट्रिय समितीका पदाधिकारी हरुको उपस्थिति रहेको थियो।

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.