हुलाकी न्यूज, युएई। परदेशमा मधेशीहरुको छाता संगठन गैर आवासीय मधेशी संघ (NRMA) – युएई, ले होली पर्वको उपलक्ष्यमा शुभकामना आदानप्रदान तथा संस्कृतिक कार्यक्रमको आयोजना गरेको छ।
दुबईमा सन् २०१६ देखि हरेक वर्ष होली पर्वको अवसरमा आयोजना गरिने कार्यक्रमको निरन्तरता स्वरुप यस वर्ष पनि आइतवार १३ मार्च का दिन दुबई को Holiday Inn Hotel मा “मधेसी होलि धमाका कार्यक्रम-२०२२” आयोजना गरिएको कार्यक्रम संयोजक एवं एनआरएमए युएई का महासचिव हरिदेव शर्माले जानकारी दिए।
झन्डै ३०० जना भन्दा बढीको सहभागिता रहेको सो होलि धमाका कार्यक्रममा यसपाली पहिलोपटक एक दर्जन कलाकारले धमाकेदार प्रस्तुति दिएको एनआरएमए युएई का अध्यक्ष जगनारायण मण्डल ले जानकारी दिए।