हुलाकी न्यूज, काठमाडौं । जनमत पार्टीले आगामी १० वैशाखमा उपनिर्वाचन हुने निर्वाचन क्षेत्र बारा २ बाट शिवचन्द्र प्रसाद कुशवाहालाई उम्मेदवार बनाउने भएको छ ।

यस अघि ०७९ मंसीर ४ मा भएको निर्वाचनमा उनी नेकपा माओवादी केन्द्रबाट उम्मेदवार भई ३५४ मतले पराजित भएका थिए । उनी ०६४ को संविधानसभामा निर्वाचित समेत भएका थिए ।

यसपटक भने माओवादी केन्द्रले जसपा संग गरेको आन्तरिक सहमतिको कारण पार्टीले उनलाई सहयोग नगर्ने भएपछि उनले जनताबीच जान जनमत पार्टी रोजेका हुन ।

आज रिपोर्टर्स क्लब नेपालमा आयोजित एक कार्यक्रममा जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. सीके राउतले कुसवाहालाई पार्टीमा स्वागत गरेका छन ।

कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष डा. राउतले ‘जनतामा योगदान दिएका तर अन्य पार्टीमा गठबन्धनको नाममा अन्याय तथा विभेदमा परेका नेता – कार्यकर्ताहरुको समेत उद्धार गर्ने र न्याय दिलाउने काम पनि जनमत पार्टीले गरेको बताए ।

बारा २ मा जसपा बाट निर्वाचित सांसद रामसहायप्रसाद यादव उपराष्ट्रपति भएपछि त्यहाँ खाली रहेको सिटमा वैशाख १० गते उपनिर्वाचन हुने भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.