
हुलाकी न्यूज, काठमाडौँ : मधेश क्रान्ति फोरमका संयोजक एवं पूर्व सांसद सञ्जय साहले आफूहरू मधेशी जनताको पक्षमा काम गरिरहेको बताउँदै कसैको पछि नलाग्ने जनाएका छन्।
संघीय समाजवादी फाेरम नेपालका अध्यक्ष उपेन्द्र यादवसँग सहकार्य गर्न लागेको भन्ने मिडियामा कसैले प्रचारवाजी गराएको हुन सक्ने नेता साहले बताएका छन्।
जनकपुर बंम काण्डको आरोपमा जेल जीवन विताइ रहेका नेता साहले हुलाकी न्यूजसँग भने,‘केही पत्रकार साथीहरूले शान्त भएर बस्न पनि दिनु हुन्न। कसको इसारामा कस्तो समाचार लेख्नु हुन्छ? उहाँहरूलाई नै थाहा होला। अहिले कसैसँग सहकार्य गर्ने विचार छैन।’
सरकारका उपप्रधानमन्त्री एवं स्वास्थ्य मन्त्री यादवसँग मधेश क्रान्ति फोरम धनुषाका संयोजक नवीन यादवले भेटेको सन्दर्भमा नेता साहले भने,‘नवीन व्यक्तिगत कामले भेटेको हुन सक्छ। यस विषयमा नवीनसँग स्पष्टीकरण सोधिदैछ।’
मधेशी जनताको हकहितका लागि काम गरिरहन आफ्ना नेता तथा कार्यकर्ता एवं समर्थकहरूलाई आग्रह गर्दै नेता साहले भने,‘मधेसी जनताको लागि राजनीति गर्ने व्यक्तिहरूको कमी छ। मधेशको पक्षमा काम गर्नुस्।’
पार्टीका नेताहरूलाई जानकारी नै नगराई उपेन्द्र यादवसँग भेटघाट गरेकोमा नवीन यादवमाथि कारबाही हुने सम्भावना रहेको मधेस क्रान्ति फोरमका नेताहरूले बताएका छन्।




[…] […]