
हुलाकी न्यूज, काठमाडौं : मधेश क्रान्ति फोरमका धनुषा संयोजकबाट नविन यादवलाई निष्कासन गरिएको छ।
धनुषा संयोजक यादवले पार्टीद्वारा सोधिएको स्पष्टिकरणको जवाफ नदिएपछि उनलाई कारवाही गरि निष्कासन गरिएको हो।
महिना दिनअघि यादवले संघीय समाजवादी फोरम नेपालका अध्यक्ष एवं उपप्रधानमन्त्री उपेन्द्र यादवसँग भेटघाट गरेको विषय चर्चामा आएको थियो।
मधेश क्रान्ति फोरमका केन्द्रीय संयोजक एवं पूर्वसांसद संजय साहले फोरम नेपालमा प्रवेश गर्न लागेको हल्ला चलाइएको थियो।
उक्त विषयमा केन्द्रीय संयोजक साहले नविन यादवसँग स्पष्टिकरण सोधेका थिए। तर यादवले हालसम्म चित्त बुझ्दो स्पष्टिकरण नदिएको कारण कारवाही गरि निष्कासन गरिएको हो।
हुलाकी न्यूजसँग कुराकानी गर्दै संयोजक साहले भने,‘नविनले चित्त बुझ्दो स्पष्टिकरण नदिएको कारण मधेश क्रान्ति फोरमको साधारण सदस्यबाटसमेत निष्कासन गरिएको छ।’
धनुषा संयोजक नविन यादव पूर्वसांसद साह निकट युवा मानिदै आएका थिए। तर पछिल्लो समय यादवको गतिविधिबाट साह रुष्ट भएका छन्।
संयोजक साहले आफ्ना नेता तथा समर्थकहरु मधेशको पक्षमा काम गरिरहेको बताए। मधेश क्रान्ति फोरमको संगाठनात्मक संरचना विस्तारका लागि तयारी भइरहेको साहले जनाए।
सम्बन्तिधत समाचार



