हुलाकी न्यूज, जनकपुरधाम । प्रधानमन्त्री शेरबहादुर देउवा सहित काँग्रेसका बरिष्ठ नेताहरु प्रदेश नं.२ प्रस्थान गरेका छन् ।

प्रदेश नं.२ मा असोज २ गते हुनगईरहेको आसन्न स्थानिय तहको तेस्रो निर्वाचनलाई केन्द्रित गरी आयोजना हुने विभिन्न चुनावी सभालाई सम्बोधन गर्न नेपाली कांग्रेसका शीर्ष नेताहरु विभिन्न जिल्ला जाने भएका छन् ।

शीर्ष नेताहरु प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री डा.शशांक कोइराला दुई नम्बर प्रदेशका विभिन्न जिल्ला जान लाग्नु भएको हो । यही भदौ २७, २८, २९ र ३० गते सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही र रौतहटमा हुने चुनावी कार्यक्रममा भाग लिन नेताहरु जान लाग्नुभएको आइतबार नेपाली कांग्रेसले जरी गरेको प्रेसमा उल्लेख छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.