हुलाकी न्युज, बिरगंज | चार दिन देखी अविरल वर्षाका कारण बिरगंज महानगर बाढीका कारण प्रभावित भएपछि राजपा बिरगंज महानगर समिति अति प्रभावित क्षेत्रको अवलोकन एवं उद्दार कार्यमा जुटेको छ।

महानगर अध्यक्ष ओमप्रकाश सरार्फ नेतित्वको टोलिले अति प्रभावित क्षेत्र नगवा,राधेमाइ,छपकैया,रानिघाट,रामघड्वा लगायत क्षेत्रको अवलोकन गरि अति प्रभावित एवं बिपन्न परिवारको डाटा संकलन कार्य भइ रहेको नगर उपाध्यक्ष पनालाल पटेलले बताएका छन् । आफ्ना मातहतका सबै एकाइ,भातृ संगठनहरुलाई यो बिपतको घडिमा बाढी पिडितको उदार एवं सहयोगको लागी परिचालन गरिएको नगर अध्यक्ष ओमप्रकाश सरार्फले बताए।

बाढीबाट प्रभावित अति बिपन्न परिवारको राहत सहयोग एवं पुनः स्थपनाको लागी दैवीप्रकोप जिल्ला समन्वय समिति, बिरगंज महानगरपालिकाको कार्यालय, विभिन्न संघ-संस्था एवं दाताहरुबाट सहयोगको लागी पहल गर्ने र समस्याको दिगो समाधानको लागि सरोकारवालालाई निरन्तर दवाब दिने र निगरानी गर्ने अध्यक्ष सरार्फले बताएका छन्। यी बिपत्तको घडिमा पार्टीको झण्डा एवं बैनर प्रयोग नगरी स्वस्थ मानवीय सेवा गर्न आफ्ना कार्यकर्तालाई निर्देशन दिइएको छ।

अवलोकन टोलिमा मानवअधिकारकर्मी हरेन्द्र बाबा पटेल, नगर कोषाध्यक्ष पनालाल पटेल, सचिव संजय पटेल, युवा नेताहरु रिजिवी खालिद, कृष्ण गुप्ता, हरिकिसुन साह, अरुन सोनि लगायत स्थानीय अगुवाको सहभागीता रहेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.