हुलाकी न्युज, सप्तरी । प्रधानमन्त्री शेरबहादुर देउवाले सप्तरीको बाढी प्रभावित क्षेत्रको अवलोकन गर्न सप्तरीको भेडियामण्ठ र मैनाकडेरीका बाढीपीडितको अवस्था बुझ्न सप्तरी आएका हुन।

सप्तरीमा देउवासहित गृहमन्त्री जनार्दन शर्मा, विभिन्न संसदीय समितिका सभापतिहरु र सप्तरीका आधादर्जन सांसद बाढी प्रभावित ठाउँ आएका देउवाले बाढीपीडित परिवारलाई २५ हजारका दरले राहत दिने बताइएको छ ।

पिढीपीडित परिवारसँग प्रत्यक्ष भेटघाट निरीक्षणपछि प्रधानमन्त्री देउवाले बाढीपीडितलाई प्रतिपरिवार २ बण्डल जस्तापाता खरिद गर्न १५ हजार र टहरा निर्माणको लागि १० गरि जम्मा २५ रुपैयाँ दिइने घोषणा गरेका छन्।

तिरहुत गाउँपालिकाको लोहजारा बाँधको अवलोकन गर्दै देउवाले सरकार बाढी पीडितको साथमा रहेको बताएका छन् । बाढीपीडितलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले पीडितलाई खानाको व्यवस्था मिलाउन स्थानीय प्रशासनलाई निर्देशन दिए । साथै पीडितलाई १५ लाखसम्म सहुलियत ऋणको व्यवस्था मिलाउने बताएका छन ।उनले भने ”केही दिनमा डुबान प्रभावित क्षेत्रमा नि:शुल्क औषधिसहित स्वास्थ्य टोली खटाइने छ भने पिउने पानीको समस्या आजको दिनदेखि नै समाधान हुन्छ ।’

प्रधानमन्त्री डेढ किलोमिटर हिँडेर बाढीपीडितको अवस्था बुझ्नुका साथै सेना,सशस्त्र र नेपाल प्रहरीले पुननिर्माण गरिरहेको भत्केको तटबन्धस्थलको समेत निरिक्षण गर्न गएका थिए ।

गत शुक्रवार राती देखि परेको अविरल वर्षाका कारण सप्तरी जिल्लाको नदीहरुमा आएको बाढीबाट सप्तरीमा एक हजार पाँच सय घर डुबानमा परेको थियो ।

तिलाठी, सकरपुरा, मल्हनिया, मैनाकडेरी, वसविट्टि, पौंवा, मुसहरनिया पिपराही, रायपुर, पोर्ताहा, रुपनी, पकरी, रम्पुरा, राजविराज नगरपालिकाको वडा नम्वर–१ र २ स्थित वस्तीमा बाढीको पानी पसेको थियो ।बाढीबाट तिलाठीको बस्तीमा करिब ४ फिटसम्म पानी पस्दा जनजिवन कष्टकर बन्न पुगेको थियो।
खाना पकाउने चुलो तथा पानी खानकालागि प्रयोग गरिने ट्युवेल समेत पानीमा डुबेका कारण खानेपानीको समेत समस्या
भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.