हुलाकी न्यूज, काठमाडौं ७ चैत ।
संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव एक कार्यक्रममा सहभागी हुन भारत पुगेका छन् ।

उनी चारदिने भ्रमणका लागि नयाँदिल्ली हुँदै सोमबार भारतको बनारसतर्फ प्रस्थान गरेका छन् ।

बनारस हिन्दू विश्व विद्यालय अन्तर्गत नेपाल स्टडी सेन्टरले बनारसमा मंगलवारदेखि सुरु हुने दुई दिवसीय एक सेमिनारमा भाग लिन उनी भारत प्रस्थान गरेका हुन् ।

सेमीनारमा प्रमुख अतिथि एवं मुख्य वक्ताका रुपमा सहभागी हुन यादव त्यसतर्फ प्रस्थान गरेका हुन् ।

उनी बिहीकार स्वदेश फिर्ता हुने कार्यक्रम रहेको जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.