Annapurna Deo
हुलाकी न्यूज, न्यूर्योक २ भदौ ।
अमेरिकामा रहेका मधेशीहरुको छाता संगठन एशोसिएशन अफ तराईन इन अमेरिका(एन्टा)को अध्यक्षमा वर्तमान प्रवक्ता अन्नपूर्ण देवले उम्मेदबारी घोषणा गरेकी छन् ।

सेप्टेम्बर १० मा कोलम्बसमा हुन गइरहेको एन्टाको चौथो महाधिवेशनमा अध्यक्ष पदका लागि देवसहित दुई जनाले उम्मेदबारी घोषणा गरेका छन् । एन्टाका वरिष्ठ उपाध्यक्ष सुनिल साहले यसअघि नै अध्यक्षका लागि उम्मेदबारी घोषणा गरिसकेका छन् ।

आफ्नो उम्मेदबारी घोषणा गर्दै देवले एन्टाको स्थापनाकालदेखि नै आफु सक्रिय रहेको र एक मात्र महिला उम्मेदबार रहेको दाबी गरेकी छन् ।
देव अन्य संस्थाको अध्यक्ष पदको पनि जिम्मेबारी सम्हालि सकेकी छन् ।

आफु मधेशी दाजुभाई दिदिबहिनीको क्षमता अभिबृद्धिका लागि काम गर्ने बताउँदै देवले मधेशी एकताका सवालमा डटेर लाग्ने जनाएकी छन् ।

सम्बन्धीत सामाग्री

एन्टाको अध्यक्ष पदमा साहको उम्मेदबारी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.