
हुलाकी न्यूज, न्यूर्योक २८ साउन । अमेरिकामा रहेका मधेशीहरुको छाता संगठन एशोसिएशन अफ तराईन इन अमेरिका(एन्टा)को अध्यक्ष पदमा संस्थाकै वरिष्ठ उपाध्यक्ष सुनिल साहले उम्मेदबारी घोषणा गरेका छन् ।
सेप्टेम्बर १० मा हुन गइरहेको एन्टाको चौथो महाधिवेशनले नयाँ कार्यसमिति चयन गर्नेछ । एन्टाको स्थापना कालदेखि नै सक्रिय साहले नयाँ कार्यसमितिको अध्यक्ष पदका लागि आफु योग्य रहेको दाबी गरेका छन् ।
हुलाकी न्यूजसँग कुराकानी गर्दै साहले उम्मेदबारीका विषयमा भने,‘दिनप्रति दिन समयक्रम बदलिँदो छ, सोही अनुरुप एन्टालाई युवा, जुझारु, खट्न सक्ने, संस्थागत विकासको विस्तृत योजना भएको र सबैलाई मिलाएर लैजाने सक्ने नेतृत्वको आवश्यकता छ । विगत ११ बर्षदेखि जुन तरिकाले म एन्टाको संस्थागत विकासमा लागेको छु । मेरो ११ बर्षको अनुभवको आधारमा एन्टालाई सही दिशामा लैजाने सक्ने आफुमाथि विश्वास भएको हुनाले म उम्मेदवारी दिन लागेको हो ।’
एन्टाको महासचिव, उपाध्यक्ष र वरिष्ठ उपाध्यक्षको पद सम्हालेका साहले एन्टाको परम्परा अनुसार आफु अध्यक्षको दाबेदार रहेको बताएका छन् ।
आफु अध्यक्ष पदमा निर्वाचित भएको खण्डमा एन्टाको विश्वभरी विस्तार गर्ने साहले बताए ।




Wish you all the best with your candidacy for the post of ANTA President USA.You really deserve it.
Wish you all the best