Student_front-1
हुलाकी न्यूज, काठमाडौं २८ चैत । पहिलो मधेश आन्दोलनदेखि अहिलेसम्मको मधेश आन्दोलनमा सहिद भएका परिवारका बालबालिकालाई तराई–मधेश विद्यार्थी फ्रण्टले पढाउने व्यवस्था गर्ने भएको छ ।

फ्रण्टको केन्द्रीय समितिको बैठकबाट सहिद परिवारका बालबालिकाहरुलाई पढाउने निर्णय गरिएको छ । यसै शैक्षिक वर्षदेखि सहिदका छोराछोरीलाई पढाउने व्यवस्था मिलाएको फ्रण्टका अध्यक्ष सुरेश मण्डलले बताए ।

केन्द्रीय समितिको बैठकका निर्णयहरु सार्वजनिक गर्न आइतबार तमलोपा केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा सहिद परिवारका बालबालिकालाई माध्यमिक तहसम्म पढाउने निर्णय गरिएको जनाइएको छ ।

जसकालागि फ्रन्टले अध्यक्ष सुरेश मण्डल(मो.९८५१०६०७०८)को अध्यक्षतामा ‘मधेश आन्दोलन सहिद शिक्षा प्रतिष्ठान’ गठन गर्ने निर्णय गरेको छ ।

उक्त प्रतिष्ठानका सदस्यहरुमा मनिष मिश्रा, रोशन राज चौधरी, शम्भुनाथ झा, ओमलोक सिंह, विपि मण्डल र शालु गुप्ता रहेका छन् ।

त्यस्तै फ्रण्टको महाधिवेशन बैशाख २९ देखि ३१ गतेसम्म बाराको कलैयामा गर्ने निर्णय गरिएको महासचिव मनिष मिश्राले बताए । उनका अनुसार महाधिवेशनमा करिब एक हजार विद्यार्थी प्रतिनिधिको सहभागिता रहनेछ ।

थप समाचार

स्ववियु चुनाव हुन दिदैनौं : विद्यार्थी फ्रण्ट

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.