Surendra_chadhry_tharu_leaderहुलाकी न्यूज, काठमाडौं १८ फागुन । मधेशवादी दलका वा थरु नेताहरुले आन्दोलन निष्कर्षमा पु¥याउन नसक्ने भन्दै मधेशी–थारु युवाहरु मिलेर आन्दोलन गर्न आवयक रहेको थारु अगुवा नेता सुरेन्द्र चौधरीले बताएका छन् ।

हुलाकी न्यूजको गोलमेचमा सहभागी नेता चौधरीले मधेशी युवाहरुले नेतृत्व लिए थारु युवाहरु आन्दोलन गर्न तयार रहेको बताए ।

चौधरीले पूर्व झापादेखि पश्चिम कञ्चनपुरसम्म मधेशी–थारु युवाहरुको दस्ता बनाएर आन्दोलन गर्न सुझाव दिएका छन् ।

चौधरीले थरुहटका केही जिल्लाहरुमा थारु युवा दस्ता निर्माण भएको बताउँदै मधेशमा पनि मधेशी युवा दस्ता निर्माण गर्न आवश्यक रहेको बताए ।

उनले संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा आन्दोलन गर्ने मुडमा नरहेको बताउँदै मोर्चाको पछिल्लो गतिविधिले आन्दोलन असफल भएको बताए ।

उनले योगेन्द्र चौधरी वा राजकुमार लेखीले थरुहट आन्दोलन हुन नसक्ने भन्दै थरुहट क्षेत्रमा युवा नेतृत्व विकास भइरहेको बताए ।

चौधरीले भने,‘मधेशी थारु युवाले संघर्ष गरेर मधेशलाई देशमा राख्न सकेन भने डा.सीके राउतको जुनुनबाट देशलाई कसैले बचाउन सक्दैन । मण्डेला, गान्धीमा भएको जुनुन डा.राउतमा छ, हामी असफल भयो भने राउत जी सफल हुनेछ ।’

राज्य थाकी सक्यो, अन्तिम धका दिन बाँकी छ : सन्तोष मेहता

‘मधेश प्रदेश कि मधेश देश’ प्रष्ट हुनु आवश्यक : डा.नीरञ्जन साह

मधेशमा ठूलो विद्रोह हुन्छ : मुकेश झा

मधेश–थरुहट आन्दोलन बारे हुलाकी न्यूजको गोलमेच सम्पन्न

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.