Santosh_mehataहुलाकी न्यूज, काठमाडौं १७ फागुन । मधेशी–थारुको आन्दोलनबाट राज्य थाकित भएको र अव अन्तिम धका दिन बाँकी रहेको सदभावना पार्टीका प्रवक्ता संतोष मेहताले बताएका छन् ।

हुलाकी न्यूजको गोलमेचमा सहभागी प्रवक्ता मेहताले मधेशी–थारुले विगत ६ महिनादेखि गर्दै आएको आन्दोलनले राज्य थाकी सकेको बताँउदै अव जीतका लागि अन्तिम धका दिन बाँकी रहेको बताए ।

मधेश आन्दोलन शिथिल हुनुको कारण बारे बताउँदै मेहताले मधेशी मोर्चाले आफ्नो एजेण्डाहरु स्पष्ट राखेपनि नेताहरुले त्यस अनुरुपको व्यबहार नदेखाएको बताए ।

मधेशी मोर्चा पर्सादेखि सप्तरीसम्म मात्र केन्द्रीत भएको बताउँदै पूर्वका झापा, मोरङ्ग, सुनसरी र पश्चिमलाई नजरअन्दाज गर्नु कमजोरी भएको उनले बताए ।

मधेशी जनता अहिले पनि आन्दोलनको पक्षमा रहेको बताउँदै मेहताले भने,‘अव आन्दोलनमा जाँदा मधेशमा रहेका सम्पूर्ण शक्तिहरु मातृका यादवदेखि डा.सीके राउतसम्मलाई मोर्चामा समेट्नु पर्छ । अनी मात्र आन्दोलन सफल हुनेछ ।’

‘मधेश प्रदेश कि मधेश देश’ प्रष्ट हुनु आवश्यक : डा.नीरञ्जन साह

मधेशमा ठूलो विद्रोह हुन्छ : मुकेश झा

मधेश–थरुहट आन्दोलन बारे हुलाकी न्यूजको गोलमेच सम्पन्न

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.