हुलाकी न्यूज, युएई । विश्वभरी छरिएर रहेका मधेशीहरुको छाता संगठन गैर आवासीय मधेशी संघ (एनआरएमए), युएई शाखाको अधिवेशन सम्पन्न भएको छ।
नयाँ वर्षको उपलक्ष्यमा शनिवार १ जनवरीका दिन दुबई मा आयोजित शुभकामना भेला तथा एनआरएमए युएई को अधिवेशनद्वारा तेस्रो कार्यकालका लागी जगनारायण मण्डलको नेतृत्वमा ८४ सदस्यीय कार्य समिति चयन भएको छ ।
समितिको सह-अध्यक्षमा मदन यादव, महासचिवमा हरिदेव शर्मा, उपाध्यक्षमा संतोष ठाकुर, सुरेंद्र यादव परदेशी, सुरेश यादव, सचिन पासवान, सत्येंद्र यादव, चौठी राय, पप्पू कुमार यादव चयन भएका छन भने कोषाध्यक्षमा सद्दाम अंसारी, सह-कोषाध्यक्षमा प्रमोद साह, सचिवमा – उमेश मंडल, श्याम पासवान, प्रमोद राम, सफल कामत, देवेंद्र मुखिया, उमेश मंडल- बुहासा, उमेश कुमार मंडल, सहसचिवमा – श्यामदेव माझी, दीपेंद्र पंजियार, विजय साह, मिडिया कोर्डिनेटरमा कृष्णदेव सुतिहार, प्रवक्तामा मुकेश कुमार सिंह लगायत सदस्यहरुमा भावेश झा, सचिन राउत, रविंद्र साहनी, शिवदयाल चौधरी, रंजीत चौधरी, शंकर दास, दिनकर साह,धनिक लाल साह, दीपक मंडल, श्याम साह, तेज नारायण साह, अरुण राउत, विवेक ठाकुर बरही, वीरेंद्र यादव, मनोज ठाकुर, प्रेम साह, इंदु राउत, ठक्कर दास, अशोक पासवान, लट्टू मंडल, रामकली साहनी, जितेंद्र यादव, राकेश नायक, महेश्वर साह, सुनील राउत, उदय कुमार साह, दीपेंद्र ठाकुर हजाम, संतोष कुमार साह, राजकुमार यादव, बाला लखिन्दर साह, मुजीब उर रहमान, सुनील कुमार मंडल, रामबरन साह तेली, रविंद्रन दास, नकीब अहमद अंसारी, फुल मोहम्मद अंसारी, फुल बाबु साह, रहीमुद्दीन अंसारी, नसीब अहमद अंसारी, अरुण रोहित मान, सुजीत यादव, निलेश ठाकुर, श्रीदेव साहनी, पशुपति ठाकुर, राम दिनेश, शंभू दास तत्मा, इंजीनियर मनोज साह, अनिल कुमार मंडल, धर्म नारायण साह, दिनेश कापर, दीपू यादव,गोविंद गिरी, रंजीत कुमार चौधरी, अनिल गिरी, रामबरन मंडल, राजकुमार यादव, प्रवीण साह, रमन प्रसाद यादव, राम किशोर मंडल, विंदेश्वर यादव चयन भएका छन ।
त्यस्तै समितिको वरिष्ठ सल्लाहकारमा ई. संजय कुमार कर्ण, संत साह, ई. अमित शर्मा, तथा सल्लाहकारमा धनबीर ठाकूर बरही र शम्भू महरा रहेका छन ।

८ सेप्टेम्बर २०१० मा स्थापना भएको एनआरएमए का संस्थापक अध्यक्ष डा. सीके राउत हुन । एनआरएमए- जनमत पार्टीको प्रवासी संगठनको रुपमा समेत संगठनिक काम गर्दै आइरहेको छ।
“परदेशमा मधेशीको साथी” नाराबाट मधेशीलाई एकजूट गर्दै हालसम्म ४५ देशमा गैर आवासीय मधेसी संघले संगठन विस्तार गरिसकेको छ ।
एनआरएमएले मधेशी बाहुल्य देशहरुमा बिभिन्न सांस्कृतिक कार्यक्रम तथा बिभिन्न चाड-पर्बको अवसरमा मेल-मिलाप कार्यक्रम गरी प्रवासमा रहेका मधेशीहरुलाई संगठित गर्दै आएको छ।

त्यस्तै, एनआरएमएले बिदेशमा समस्यामा परेका मधेशीलाई आवश्यक सहयोग उपलब्ध गराउदै आईरहेको छ। आर्थिक सहयोगदेखि रोज़गार सम्बन्धी समस्या, बिदेशी क़ानूनी समस्या आदिमा समेत संगठनले सहयोग जारी राखेको छ।

बिदेशी भूमिमा दुर्घटनामा परेका, जेल परेका, मृत्यु भएका समस्यामा समेत एनआरएमएले समस्या समाधानका लागी सक्रिय पहल गर्दै आएको छ।

त्यस्तै एनआरएमएले मधेशमा हुने गरेको प्राकृतिक प्रकोप जस्तै बाढी, भूकम्पका बेला प्रवासबाट सहयोग, राहत तथा निःशुल्क उपचार सेवाहरु दिंदै आएको छ।

नवनियुक्त अध्यक्ष मण्डल लगायत युएई समितिलाई एनआरएमए का अन्तररास्ट्रिय समिति अध्यक्ष शम्भुनाथ साह तथा निबर्तमान अध्यक्ष बसन्त कुमार कुशवाहाले बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन्।

एनआरएमए युएई का निर्वतमान अध्यक्ष ई. संजय कुमार कर्ण ले नवगठित एनआरएमए-युएई समितीलाई बधाई तथा शुभकामना दिंदै आउंदा दिनमा संगठनले युएई मा अझ सशक्त, संगठित र प्रभावकारी रूपमा अगाड़ी बढ्न सक्नेमा विश्वास ब्यक्त गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.