सिरहा : डा. सीके राउत नेतृत्वको जनमत पार्टीले मतदाता नामावली संकलन स्थलमा सहायता कक्ष राखी संकलन कार्यमा सहयोग पुर्‍याइरहेको छ। जनमत पार्टी औरही गाउँपालिका कमिटीले औरही गाउँपालिकाको प्राथमिक स्वास्थ्य केन्द्रमा रहेको संकलन टोली र आम जनसमुदायलाई सहयोग पुर्‍याउन सहायता कक्ष राखिएको नेता पंकज कुमार सिंहले बताउनु भयो। सहायता स्थलबाट नाम दर्ताका लागि चाहिने नागरिकताको फोटोकपी नि:शुल्क गरिदिने , बृद्धअबश्थाका व्यक्ति तथा अपांगता भएका लाई संकलन स्थल सम्म पुर्‍याइदिने , दर्ताका लागि चाहिने कागजात तथा प्रक्रिया बारे आवश्यक सल्लाह दिने , नाम दर्ता गराउन गाउँ गाउँ गएरै जानकारी गराउने जस्ता सेवा दिरहेको जनमत पार्टी औरही गाउँपालिका अध्यक्ष रामभुवन यादवले जानकारी दिनुभयो ।

मतदान अधिकार आम जनताको मौलिक अधिकार हो। यसबाट कोई पनि बन्चित हुनु भएन। यस बिषयमा हामी पुर्ण सजग छौ। टोली नआउनु भन्दा पहिला पनि हाम्रो यो अभियान जारी थियो । हामीले जिल्ला निर्वाचन कार्यालयमा लगेर पनि धेरैको नाम दर्ता गराएका छौं । आउने चुनाब स्वक्ष , शान्त र भैरहित बाताबरणमा होस् हाम्रो चाहना यहि हो। चुनाबको समयमा कसैले पनि मतदातालाई धाक धम्की वा प्रलोभन दिई ललाईफकाई मत किनबेच नगरोस् यसमा निर्वाचन आयोगलाई गम्भीर हुन नेता यादवले अनुरोध गर्नुभयो । बिगतामा झै चुनाबमा धान्धली भए जनमत पार्टी चुनाब लाई बहिस्कार गर्ने छ।मतदान सहि तरिकाले भए सहि नेतृत्व छनौट हुने र ती नेतृत्वले समाजलाई गति दिने हुदा यसमा ध्यान दिन र निस्वार्थ भावले भिजनेरी र नंया नेतृत्वलाई छनौट गर्न मतदातालाई समेत वडा न. ४ का वडा अध्यक्ष सुरेन्द्र यादव ( सुनिल )ले बताउनु भयो।

आगामी निर्वाचनलाई लक्ष्यित गरि हिजो देखी निर्वाचन आयोगले देशै भर दुई चरणमा मतदाता नामावली संकलन अभियान थालेको छ। मंसिर १७ गते देखि पुस ०२ गते सम्म पहिलो चरणमा र त्यसपछि पुस ४ देखि १८ सम्म दोस्रो चरणमा गरि दुई चरणमा संकलन कार्यक्रम चल्ने निर्वाचन आयोगले जनाएको छ । पहिलो चरणमा भने औरही गापा , कल्याणपुर नपा , गोलबजार नपा , धनगढी नपा , मिर्चैया नपा , नरहा , बिष्णुपुर , नवराजपुर गापामा मतदाता नामावली संकलन अभियान चल्ने छ। भने बाकी स्थानीय तहमा दोस्रो चरणमा पुस दुई बाट शुरु हुनेछ। जिल्ला निर्वाचन कार्यालय , जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालयमा भने निरन्तर संकलन हुने जनाइएको छ। साथै यस पटक अन्य जिल्लाका मतदाताहरुले पनि जिल्ला निर्वाचन कार्यालय बाट मंसिर १७ गते बाट नाम दर्ता गराउन मिल्ने मौका दिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.