
हुलाकी न्यूज, काठमाडौं : प्रदेश २ को नामाकंन असफल भएपछि पूर्वप्रधानमन्त्री एवं समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेताहरुको आलोचना गरेका छन्।
संविधानले नै मधेशीको पहिचान स्वीकार गरिसकेकोले ‘मधेश प्रदेश’ किन हुन सक्दैन भनी भट्टराईले प्रश्न गरेका छन्।
भट्टराईले ट्वीट गर्दै मधेशको पहिचान अस्वीकार गरिएकोमा पूर्वमाओवादी नेताहरुलाई लाज लाग्नु पर्ने बताएका छन्। उनले पूर्व नयाँ शक्ति पार्टीका नेताहरुको पनि आलोचना गरेका छन्।
प्रदेश २ को नामाकंनका लागि मंगलबार चारवटा प्रस्तावमा मतदान भएको थियो। नेकपाले ‘जानकी प्रदेश’ प्रस्ताव गरेको थियो। उक्त प्रस्ताव झण्डै दुई तिहाई मतले अस्वीकृत भएको थियो।
यो पनि पढ्नुस् : प्रदेश २ को नामाकंन : गिरिजाप्रसादले गरेको सहमति कांग्रेसले नै तोडे
यसैगरी नेपाली कांग्रेसले ‘मिथिला–भोजपुरा’, कांग्रेसकै विद्रोही सांसदहरुले ‘मध्य मधेश’ प्रस्ताव गरेको थियो।
सत्तारुढ राजपा–समाजवादीले प्रस्ताव गरेको ‘मधेश प्रदेश’ १२ मत अपुग हुँदा अस्वीकृत भएको थियो।
भट्टराईले लेखेका छन्,‘जब ‘मधेसी’पहिचान नेपालके संविधानमें स्वीकार किया गया है तो २ नं प्रदेशका नाम ‘मधेस प्रदेश’क्यों नहीं हो सकतारुहमारे पूर्व माओवादी कमरेडो मातृका यादव,प्रभु साह,भरत साह कहाँ हैंरुऔर पूर्व नयाँ शक्तिवाले मित्रों रामचन्द्र झा,रामकुमार शर्मा,महेन्द्र पासवान कहाँ हैंरुकुछ तो शरम करो यारो!’



