हुलाकी न्यूज, दुबई :- विश्वभरी छरिएर रहेका मधेशीहरुको छाता संगठन गैर आवासीय मधेशी संघ (एनआरएमए) यु.ए.ई. ले अबुधाबीमा छेत्रीय समिति बिस्तार एवं पुनर्गठन गरेको छ।
१४ फेब्रुअरीका दिन अबुधाबीमा बसेको मधेसी भेलाले राम राउतको अध्यक्षतामा २१ सदस्यीय कार्यसमिति गठन गरेको छ।
समितिको उपाध्यक्षमा – धर्मनाथ साह, भोगेन्द्र गिरी,कृष्णा पासवान, देवेन्द्र मुखिया, दिनेश कापर रहेका छन भने सचिवमा दीपू राय, सहसचिवमा श्यामलाल यादव एवं रामचन्द्र यादव रहेका छन। त्यसैगरी कोषाध्यक्षमा प्रमोद साह, सह-कोषाध्यक्षमा दीपू यादव तथा सल्लाहकारमा बिमल साह रहेका छन।
सदस्यहरुमा – राकेश दास, रामबाबू साह, पञ्चदेव ईशर,बिलास गिरी,श्यामकिशोर साह, इन्द्रदेव यादव, समशाद हुसैन, सन्तोष राउत, संतोष कुमार भण्डारी, सतीश जयसवाल, संजयकुमार चौधरी, ललित पासवान, जीवछ साहू, राजकुमार मेहता, अनीश शर्मा, तेजनारायण मेहता, जीतेन्द्र पण्डित, श्याम कुमार मण्डल,रोहित साह, दिनेश कुमार मेहता, शिवकुमार मेहता रहेका छन।
एनआरएमएले विभिन्न देशहरुमा सांस्कृतिक कार्यक्रम तथा बिभिन्न चाड-पर्बको अवसरमा मेल-मिलाप कार्यक्रम गरी प्रवासमा रहेका मधेशीहरुलाई एकजुट गर्ने काम गर्दै आएको छ।
हालसम्म एनआरएमए ४० वटा भन्दा बढ़ी देशमा सक्रिय रहेको छ । गैर नाफामुलक संस्था एनआरएमएले मधेशको पहिचान तथा विकासका लागि समेत काम गर्दै आएको छ।



