
हुलाकी न्यूज काठमाडौं: डा.सीके राउत नेतृत्वको जनमत पार्टीको केन्द्रीय समिति बैठक बीरगंजमा बस्ने भएको छ।
१७ गते मंगलबार केन्द्रीय समिति बैठक बस्न लागेको जनमत पार्टीले जनाएको छ।
जनमत पार्टीका केन्द्रीय सदस्य चन्दन सिंहले दिएको जानकारी अनुसार बैठकमा पार्टीको आगामी रणनीतिलगायतको विषयमा छलफल हुनेछ।
समसामायिक राजनीतिलगायतका एजेण्डा बैठकमा प्रस्तुत हुनेछ।
सच्याइएकाे : यसअघि बैठक जनकपुरमा बस्ने भनिएकाेमा क्षमा प्रारथी छाै : सम्पादक



