
हुलाकी न्यूज, काठमाडौं : टीकापुर विद्रोहको सम्झनामा भदौ ७ गतेदेखि ९ गतेसम्म भएको थारुहरुको सम्मेलनले १५ बुँदे टीकापुर घोषणा पत्र जारी गरेको छ।
थरुहट आन्दोलन सुरु भएको १२ वर्ष पुग्दासमेत राज्यबाट माग सम्बोधन नभएको भन्दै तीन चरणको आन्दोलनको घोषणासमेत गरिएको छ।
लक्ष्मण थारुको नेतृत्वमा १०१ सदस्यीय थरुहट–थारुवान राष्ट्रिय मोर्चा पनि घोषणा गरिएको छ।
घोषणा पत्र मै तीन चरणको आन्दोलनको घोषणा गरिएको छ। जसमा टीकापुर विद्रोह दिवस मनाउनेदेखि संविधान जलाउनेसम्मको कार्यक्रम तय भएको छ।




