हुलाकी न्यूज, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश २ मा पनि कम्युनिष्टकै सरकार हुनुपर्ने बताएका छन् ।उनले मधेशी दल नेतृत्वको सरकारले मधेशी जनताको भावनाअनुरुप कार्य गर्न नसकेको आरोप लगाउँदै कम्युनिष्टकै सरकार चाहिएको दाबी गरेका छन् ।

उनले मधेशमा सरकार मधेशी जनताको हित अनुकुल नचलेको बताए । ‘तराई मधेशमा कम्युनिष्ट नेतृत्वकै सरकार बने मात्र त्यहाँको जनताको हितमा हुन्छ,’ उनले भने ।

अमर यादवले नेतृत्व गरेको मधेश तराई फोरमका नेता कार्यकर्ताहरुलाई पार्टीमा प्रवेश गराउँदै प्रचण्डले यस्तो कुरा बताएका हुन् ।

संयुक्त जनआन्दोलन, जनयुद्ध, मधेस आन्दोलन एवम् आदिवासी, जनजाति लगायत अधिकार प्राप्तिका लागि संघर्षरत सबै पक्षको योगदानबाट प्राप्त उपलब्धिलाई रक्षा गर्दै संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानलाई आत्मसात गर्ने बताए ।

कार्यक्रममा मधेश तराईको सिंगो पार्टी नेकपामा समाहित भएको थियो । नवप्रवेशीलाई अध्यक्ष प्रचण्डले माला र खादा लगाई पार्टीमा स्वागत गरेका छन् ।

साथै, उनले संविधान गतिशील दस्तावेज भएको बताएका छन् । उनले भने, ‘संविधान जनताको माग अनुसार आवश्यकता अनुसार संविधानमा परिमार्जन, विकास र संशोधन हुन्छ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.