
हुलाकी न्यूज, सिरहा (मिर्चैया) : सिरहाको मिर्चौयामा आयोजित डा.सीके राउतको जनमसभामा उल्लेखिय रुपमा सर्वसाधारणको उपस्थिति देखिएको छ। सिरहाको विभिन्न क्षेत्रबाट सर्वसाधारणहरु सभामा सहभागी भएका थिए।
उक्त सभालाई सम्बोधन गर्दै डा.राउतले ११ बुँदे सहमति पछि पहिलो पटक राजनीतिक विषयबस्तुमा बोलेका छन्।
जनमत पार्टीको आफ्नै स्वयम् सेवकले सुरक्षा दिएको कार्यक्रममा डा.राउतले ११ बुँदे सहमतिको विषयमा प्रष्ट पारेका थिए।
जनताको चाहना अनुसार स्वराज कायम हुने डा.राउतले बताए। स्वराजको अर्थ बारे प्रष्ट पार्दै डा.राउतले जनमतका आधारमा जनताको चाहना अनुसार आफू अगाडि बढ्ने जनाए।
आफूलाई मन्त्री–सांसद बन्न कुनै चाहना नभएको बताउँदै डा.राउतले भने,‘म सांसद–मन्त्री बन्न राजनीतिमा आएको होइन। राजनीतिकमो नाममा भएको गन्दगीलाई साफ गर्न आएको छु। मधेशको नामलाई उच्च गर्न आएको छु।’
आफू मधेशको हितबाट एक कदम पनि पछाडि नहटेको बताउँदै डा.राउतले भने,‘मधेशको नाममा गोली चले पहिलो गोली खान म तयार छु।’
मधेशवादी नेता स्व.गजेन्द्रनारायण सिंह र डा.भीमराउव अम्बेडकरको जन्म तिथिको सम्झनामा आयोजित सभामा डा.राउतले आफ्नो पार्टीको नीतिसमेत सार्वजनिक गरे।
जनमत पार्टीको मुख्य तीनवटा उदेश्य पनि सार्वजनिक गरे।
जनमत पार्टीले सबभन्दा पहिले १० लाख मधेशीलाई रोजगारी दिलाउने दाबी डा.राउतले गरे। स्वतन्त्र मधेश गठबन्धनको लक्ष्य अनुसार नै मधेशीहरुलाई रोजगारी दिलाउने काम हुने उनले बताए।
यसैगरी, पर्यावरण संरक्षणका लागि पनि जनमत पार्टीले काम गर्ने जनाए।
आइएलओ १६९ अनुसार मधेशको भूमिमा पहिलो अधिकार मधेशकै आदिवासी जनजातिको हुनु पर्ने उनले बताए।
बाहिरबाट आएर मधेशमा कब्जा गर्ने प्रबृतिको अन्त्य गर्ने बताउँदै डा.राउतले भने,‘अब मधेशको भूमिमा पहिलो अधिकार मधेशीकै हुन्छ। मुलनिवासीलाई प्राथमिकता दिइने छ। भूमिपुत्रलाई पहिलो प्राथमिकता हुनेछ।’
डा.राउतले जनमत पार्टी समानता र समाजवादी सिद्धान्तलाई मान्ने उद्घोष गरे।





Good work BP ji and basant jyu
[…] डा.सीके राउतको सभामा जनसागर, भने,‘जनता… […]