हुलाकी न्युज, जनकपुरधाम । जनकपुर यातायात कार्यालयका कर्मचारीले दादागिरी गरेको छ । मंगलवार यातायात कार्यालयमा सेवाग्राहीहरुले लाइसेंस समन्धित काम गराउन आएका सेवाग्राहीलाई यातायात कार्यालयका कर्मचारी राकेश यादव र सुनील साहले सेवाग्राहीलाई बिभिन्न गाली गलौज र धमकी समेत दिएको सेवाग्राहीले बताएको छ ।
बाहिर रहेका (बिचौलिय) दलालहरुको काम पहिला मात्र गर्ने गरेको र बिभिन्न जिल्लाहरुबाट आएका सेवाग्राहीहरुलाई सास्ती मात्र दिरहेको स्थानियले दाबी गरेका छन ।
चर्को घाममा लाईनमा बसेका सेवाग्रहीहरुलाई रोकी बाहिर रहेका (बिचौलिय) दलालहरुको काम पहिला गरिरहेको बेला सेवाग्रहीले बिरोध र मोबाइलमा भिडियो बनाउन थालेपछी यातायात कार्यालयका कर्मचारी राकेश यादवले मोबाइल खोसी केही भिडियो डिलिट गरेको छ् । भिडियो डिलिट गर्ने क्रम्मा एक कर्मचारीले बिभिन्न खाल्का गाली गलोज गरेको हो ।



