हुलाकी न्यूज, काठमाडौं :
संघीय समाजवादी फोरम नेपाल प्रधानमन्त्री केपी शर्मा ओलीको झोलीमा नगई संविधान संशोधनका लागि संवाद थालेको फोरमका सांसदले बताएका छन्।

विहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै फोरम नेपालका सांसद प्रदिप यादवले भने,‘फोरम ओलीको झोलिमा गयो। यो बदनामीबाट हटाउनु छ भने संविधान संशोधन गर्नुपर्छ।’ यादवले भने,‘हामी आत्म सम्र्पण गरेका छैनौं । सम्बादबाट संविधान संशोधन होस्। यो संविधान मधेशीलाई लागोस कि यो मेरो संविधान हो।’

‘कसैले संविधान दिवस मनाए, कसैले कालो दिवस मनाए र हामी मौन बस्यौं’ यादवले भने,‘यो संविधान हरबरमा आयो त्यसैले गरबर भयो। यो कच्चा हो यसलाई पक्का बनाउनु पर्छ।’

मधेशलाई कमजोर पार्न खोजिएको आरोप लगाउँदै यादवले मधेश कमजोर भए नेपाल पनि कमजोर हुने बताए। ‘नेपालमा एकता बनाउनु छ भने संविधान संशोधन गर्नु पर्छ। हामी सिमामा बस्छौं, हामी कमजोर भयो भने देश नै कमजोर हुन्छ।’ यादवले भने।

उनले छिटोभन्दा छिटो संविधान संशोधनको माग गरे।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.