हुलाकी न्युज, सिरहा । प्रदेश २ सरकारले कृष्ण जन्माष्टमीको अवसरमा दिएको विदा अवज्ञा गरेको भन्दै सत्तारुढ संघीयस समाजवादी फोरम नेपालका विद्यार्थीहरुले सिरहाको लहानमा रहेको चारवटा सरकारी कार्यालयमा तालाबन्दी गरिएको छ ।

प्रदेश २ को सत्तारुढ दल संघीय समाजवादी फोरम नेपालको भातृ संगठन समाजवादी विद्यार्थी फोरमले लहानका चार सरकारी कार्यालयमा तालाबन्दी गरेको हो ।

विद्यार्थी फोरमका प्रदेश २ का संयोजक दिपेश यादवको नेतृत्वमा नेपाल बैंक लिमिटेड, आन्तरिक राजस्व कार्यालय, यातायात व्यवस्था कार्यालय र विद्युत प्राधिकरण कार्यालयमा ताला लगाइएको हो ।

विज्ञप्ती निकाल्दै प्रदेश २ का सरकारले दिएको सार्वजनिक विदा अवज्ञा भएकोले तालाबन्दी गर्नुपरेको विद्यार्थी नेता दिपेश यादवले बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.