
हुलाकी न्यूज, जनकपुरधाम : प्रदेश २ को सदनले मधेश आन्दोलनका घटनाहरुको छानविन गर्नु पर्ने माग उठेको छ।
प्रदेश सभाका सांसद एवं राजपाका नेता उपेन्द्र महतोले मधेश आन्दोलनमा भएका घटनाको सदनबाट संयुक्त संसदीय जाँच समिति गठन गर्नु पर्ने माग गरेका छन्।
शनिबारको संसदको बैठकमा बोल्दै महतोले मलेठ घटना छानबीन गर्न प्रदेश सरकारले गठन गरेको छानबीन समिति जस्तै मधेश आन्दोलनको क्रममा प्रहरी प्रशासनबाट भएको दमनको छानविन गर्न संसदीय समिति बनाउनु पर्ने माग गरेका छन्।
मधेश आन्दोलनका क्रममा मधेशी जनतामाथि दमन गर्ने कुनै पनि प्रहरी अधिकारीलाई प्रदेशको कुनै पनि पदमा बहाल गर्न नहुने महतोले तर्क गरे।
सप्तरीको मलेठ घटनाका विषयमा राष्ट्रिय मानव अधिकार आयोगले विवादित प्रतिवेदन सार्वजनिक गरेपछि त्यस विषयमा छानविन गर्न प्रदेश २ सरकारले समिति गठन गरेको छ। उक्त समितिले छानविन गरिरहेको छ।



