हुलाकी न्युज, धनुषा । धनुषाको बिदेह नगरपालिका वडा नम्बर ६ तिन्कोरिया चौकमा रहेको एक स्टेस्नरी पसलमा हजारौको चोरी भएको छ ।
बिदेह नगरपालिका वडा नम्बर ६ तिन्कोरिया चौकमा रहेको हल्खोरी मन्डलको प्रेरणा स्टेस्नरी पसलमा आइतबार राती १५ हजार नगद सहित ६० हजार बराबरको सरसमान चोरी भएको हो ।
तिन्कोरिया चौक भन्दा सय मिटरको दुरिमा रहेको प्रहरी चौकी नजिक यसरी हजारौको चोरी हुँदा स्थानिय त्रसित बनेका छन ।
हजारौको चोरी हुँदा प्रहरी कुनै चसो नदेखाएको र प्रहरी चौकी नजिक हुँदा समेत हजारौ चोरेर भागे पछी स्थानिय त्रसित बनेको मन्डलले बताए ।



