हुलाकी न्युज, महोत्तरी । कर बढाएको विरुद्धमा महोत्तरीको गौशाला बजार उद्योग वाणिज्य संघको अगुवाईमा शनिबार बन्द गराइएको छ ।
नगरपालिकाले अत्याधिक मात्रामा कर बढाएको विरोधस्वरुप सर्वदलीय पक्षको आग्रहमा एक दिनने बजार बन्द गराइएको हो ।

गौशाला नगरपालिकाले आर्थिक वर्ष २०७५–०७६ को लागि पारित भएको वजेटमा गएको वर्षको तुलनामा अत्याधिक मात्रामा कर बढाएको र यहाँका जनताले धान्न नसक्ने गरी कर बढाएको विरोधमा बजार बन्द गरिएको उद्योग वािण्ज्य संघ गौशालाका सचिव सुनिलचन्द्र झाले बताएका छन ।

नगरपालिकाले बजेट सिलिङ्ग गरेदेखि नै आफूहरु विरोधमा उत्रे पनि नगरपालिकाले वास्ता नगरेपछि बाध्य भएर सडकमा उत्रिनुपरेको गौशाला नगरपालिकाका वडाअध्यक्ष धर्मेन्द्रकुमार साहले बताए ।

वडाअध्यक्ष महेशसिंहको अध्यक्षतामा बजेट पुनरोवलोकन समितिको बैठक जारी रहेको समयमा बजार बन्द गर्नुपर्ने आवश्यक भने नरहेको महतोले धारणा रखेका छन । वार्ता र छलफलमार्फत समस्या समाधानको लागि पहल भईरहेको नगरप्रमुख शिवनाथ महतोले जनाएका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.