
हुलाकी न्यूज काठमाडौंः प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेता एवं सांसद डा.अमरेश सिंहले प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो किमजोङ्ग शैली बन्द गर्नु पर्ने माग गरे।
ट्रमा सेन्टरका डा.भोजराज अधिकारीप्रति सरकारले गरेको दुव्र्यबहारको विरोध गर्दै डा.सिंहले उक्त घटनाबारे सरकारसँग जानकारी माग गरे।
संस्कृत विश्वविद्यालयका उपकूलपति कूलप्रसाद कोइरालाको घटना नसेलाउँदै यस्तो घटना हुनु दुखद भएको उनले बताए।
प्रतिनिधि सभाको आजको शून्य समयमा बोल्दै सिंहले ट्रमा सेन्टरका डा.अधिकारीलाई गृहमन्त्रीको आदेशमा अपरहण शैलीमा लगिएको भन्दै विरोध गर्दै सरकारको जबाब माग गरे।
विशेष समयमा बोल्दै कांग्रेस नेता प्रदिप गिरीले उपकुलपति कोइरालालाई सरकारले अपमानित गरेको भन्दै विरोध जनाए। देशमा तानाशाही प्रबृति बढेको गिरीले आरोप लगाए।



