हुलाकी न्युज, सिरहा । संघीय सरकारको स्थापनापछि नयाँ स्थानीय निकायमा कर्मचारीको अभावले तत्कालको समस्या समाधान हेतु स्थानीय तहमा कर्मचारी समायोजन सम्बन्धि व्यवस्था गरिएको छ ।
स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा कर्मचारी समायोजन नभएसम्मको लागि निजामति सेवा तथा स्थानीय तहमा कार्यरत कुनै स्थायी कर्मचारीलाई कामकाज गर्न खटाउन सक्ने छ भनी प्रष्ट उल्लेख भएको विपरीत एउटा शिक्षकलाई काजमा खटाउने अधिकार नभएकोमा सिरहा नगरपालिकाले माध्यमिक विद्यालय भलुवाहीका स्थायी आधारभूत द्घितीयका शिक्षक शत्रुधन यादवलाई नगरपालिकामा काजमा झिकाएका छन् । र, ति शिक्षकलाई समाजिक शाखाका शाखाअधिकृत पदमा राखेर सामाजिक शाखाको आर्थिक अपचन गरिरहेको नाम उल्लेख नगर्ने शर्तमा नगरपालिकाका एक कार्यपालिका सदस्यले बताएकाछन् ।
शिक्षकलाई काजमा झिकाएकोमा माध्यमिक विद्यालय भलुवाहीका प्रधानाध्यापक गंगाराम यादवले अब विद्यालय स्थानीय निकाय अन्तर्गत भइसकेको हुदा नगरपालिकाले पठाएको पत्रको आधारमा तिन महिनाको लागि आधारभूत द्घितीय शत्रुधन यादवलाई नगरपालिकामा काजमा पठाइएको बताएकाछन् ।
शिक्षा नियम ऐन अन्तर्गत शिक्षकलाई काजमा खटाउने कुरा नियम विपरीत नै हो भनी स्वीकार्छन ।
सो सम्मबन्धमा काजमा रहेका शिक्षक शत्रुधन यादव संग जिज्ञासा गर्दा अहिले शिक्षा ऐन नै छैन, शिक्षा ऐन नै अन्यौलमा छ । अहिले स्थानिय निकायमा रहेकोले स्थानिय निकायले खटाएकोमा कामगरीरहेको वताएका छन ।
यस्तै सिरहा नगरपालिकाका तात्कालिन शिक्षा शाखा प्रमुख श्रोत व्यक्ति जीवनेश्वर यादवले शिक्षा ऐन २०२८ र नियमावली २०५९ मा शिक्षकलाई काजमा खटाउन सक्ने अधिकार कही कतै नभएको तथा शिक्षकलाई शिक्षण बाहेक अन्य कार्यमा काजमा खटाउन नसकिने र शिक्षण कार्यमै खटाउनुपरे ७ दिनको लागि मात्र खटाउन सकिने उल्लेख भएकोले यस सम्बन्धमा म संग कुनै सरसल्लाह नभएको हुदाँ नगरपालिकाले शिक्षा ऐन र नियमको साथै स्थानीय सरकार संचालन ऐन २०७४ को विपरीत काजसरुवा गरिएको हो भनी बताए ।
यस्तै सिरहा नगरपालिकामा काजमा एउटा आधारभूत शिक्षकलाई झिकाई समाजिक शाखा जस्तो आर्थिक जिम्मेवारी पदमा राखेर ऐन नियमले दिएको अधिकार विपरीत काजसरुवा भएको र यस सम्बन्धमा नगरकार्यपालिका संग कुनै रायविचार नभएको आफू मनमानी अख्तियारको दुरुपयोग भएको सिरहा नगरपालिकाका उपमेयर डा.नमिता यादवले बताएकाछन् ।



