हुलाकी न्यूज काठमाडौंः
प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले संघीय संसदमा प्रस्तुत गरेको पहिलो नीति तथा कार्यक्रममा डा.सीके राउत नेतृत्वको स्वतन्त्र मधेश अभियानलाई चेतावनी दिइएको छ।

सोमबार संघीय संसदमा राष्ट्रपति विद्या देवी भण्डारीले बाचन गरेको नीति तथा कार्यक्रमको दुई स्थानमा डा.राउतप्रति लक्षित गरी नीति लिइइको छ।

एक सय तीन बुँदे नीति तथा कार्यक्रममा दुईवटा बुँदा मुख्यरुपमा डा.राउतप्रति लक्षित रहेको देखिएको छ। बुँदा नम्बर ८ र ११ मा डा.राउत र स्वतन्त्र मधेश अभियानलाई चेतावनी दिइएको छ।

बुँदा नम्बर ८ मा भनिएको छ,‘राष्ट्रिय एकतालाई कमजोर पार्ने, कुनै पनि नाम वा बहानामा अखण्डतालाई अपमान गर्ने र देशभक्तिलाई होच्याउने कुराहरु सरकारले कुनै पनि हालतमा स्वीकार गर्दैन।’

यसैगरी बुँदा नम्बर ११ मा भनिएको छ,‘विभिन्न नाममा समाजिक सदभाव खल्बल्याउने र राष्ट्रिय अखण्डतामाथि समेत प्रश्नचिन्ह उब्जाउने प्रकृतिका अभिव्यक्ति र व्यवहार अस्वीकार्य मात्र होइन, दण्डनीय छन्। यस्ता अभिव्यक्ति र व्यवहारलाई नियन्त्रण गरी राष्ट्रिय एकता, अखण्डता र शान्ति सुव्यवस्था कायम गर्ने कार्यलाई सरकारले सर्वोपरी महत्वको कार्तव्यको रुपमा लिएको छ।’

2 COMMENTS

  1. Ck taut lai dabair kehi hudai n , baru timiharu aa afno Jo madhesh parti mansikta , ghirna ,arop aphelna yo sabai badallus madhesh badlihal xa r madhesh badalio vane desh badlin xa….yo khokhlo ratra bad ko Nara n kehi hudain yo le matra duri badhau xa r majburi bas ck raut ko samathan ma jann badhiy hun xa
    Jai Nepal jai madhesh

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.