हुलाकी न्युज, सिरहा । डिभिजन सडक कार्यालय, लहान सिरहा मार्फत विटुमिन प्रिमिक्स कार्पेटिङ्ग कार्य को लागि रोशन कन्स्ट्रक्सन प्रा.लि. जनकपुर–४, धनुषाले चौहर्वा सिरहा माडर सडक अन्तरर्गतको माडर खैरटोका नजदितको सडकमा दुवै छेउमा नाला ढल निर्माणको कार्य गर्ने ठेक्कामा कबोल अनुसार मापदण्डभन्दा बाहिर पुरानो सडकबाट उपकाइएका ईटा र मिठापाक ईटाको प्रयोग गर्दा स्तरहिन निर्माण गर्न थालेपछि स्थानीयहरु बिरोध गरेर काम बन्द नै गराए ।

सो सम्बन्धमा सडक डिभिजन लहानका इन्जिनियरले स्वीकारेर उक्त पुरानो ईटाको प्रयोग भएकोमा भुक्तानी नदिएको सुनाउदा ठेकेदार कम्पनि र सडक डिभिजन कार्यालयको मेलोमतोमा नै ठेकेदारहरु स्तरहिन कार्य गरिरहेको प्रष्ट देखिन्छ ।

उक्त कन्स्ट्रक्सन कम्पनिले सडक डिभिजन कार्यालयको मेलोमतोमा माडरको सडक निर्माणमा काम रोक्दा सोही बजेटमा सिरहा नगरपालिकाको वडा नं. ११ भलुवाही चौकमा सडको दुवै छेउमा नाला निर्माण गर्ने काम थालेको अवस्थामा गुणस्तरहिन निर्माण गरेका छन् ।

तर, निर्माण भएको न्वारन पनि नभई नाला भत्कि सकेको छ । यसरी सडक डिभिजनबाट ठेकेदारले काम गर्न लाग्दा देशमा जस्तो सुकै तन्त्र आएर देशलाई नयाँ रुपान्तरण हुन नसक्ने स्थानीयहरु गुणासो पोख्दै न्वारण भन्दा श्राध पहिले भएको बताउछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.