हुलाकी न्युज, जनकपुरधाम | प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश नं २ मा दुई लाख बालबालिका शिक्षाको पहुँचभन्दा टाढा रहेकाले भर्ना अभियान आवश्यक रहेको बताउनुभएको छ ।

सामाजिक विकास मन्त्रालयद्वारा आज यहाँ आयोजित विद्यार्थी भर्ना अभियान २०७५ तथा पाठ्यपुस्तक उपलब्धतासम्बन्धी अन्तरक्रिया कार्यक्रममा उहाँले प्रदेशमा जनचाहनानुसारको शिक्षा प्रणालीमा जोड दिँदै विद्यार्थी भर्नाका साथै तिनलाई कक्षामा कसरी टिकाउने भन्नेतर्फ पनि ध्यान दिनुपर्ने बताउनुभयो ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री(सङ्घीय) गिरिराजपणि पोखरेलले वैज्ञानिक र जीवनोपयोगी शिक्षा प्रणालीको आवश्यकतामा जोड दिँदै प्राविधिक धार र सीपमा आधारित शिक्षा प्रणाली लागु गर्न गृहकार्य भइरहेको जानकारी दिनुभयो । वीरगञ्ज महानगरपालिकाका प्रमुख विजयकुमार सराबगीले भर्ना अभियालाई लक्षित समूहमा केन्द्रित गरी सञ्चालन गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा प्रदेश प्रमुख सचिव राजेश्वरमान सिं , शिक्षा विभागका महानिर्देशक बाबुराम पौडेल, आठै जिल्लाका शिक्षा अधिकारी, महोत्तरी, सप्तरी र सर्लाहीका प्रजिअ तथा धनुषा जिल्लाका स्थानीय निकायका प्रमुखले प्रदेशमा शुरू गरिने विद्यार्थी भर्ना अभियान र पाठ्यपुस्तकको उपलब्धताका समस्या र समाधानका उपायबारे आआफ्ना धारणा राख्नुभएको थियो । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.