हुलाकी न्युज, सप्तरी | संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रदेश नं २ बाट दुईतिहाई बहुमत ल्याएर मधेश प्रदेश बनाइने बताउनुभएको छ ।

सप्तरीको छिन्नमस्तामा आज आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उहाँले मधेसका २२ जिल्ला खोसिएको भू–भागलाई समेत हासिल गर्न संघर्षका साथ अगाडि बढ्ने बताउनुभयो ।

मधेशी जनतालाई अधिकारबाट वञ्चित राख्ने नियतले नै अन्तरिम संविधानमा प्राप्त अधिकारलाई समेत खोसिएको बताउँदै सप्तरी क्षेत्र नं २ का उम्मेदवार समेत रहेका यादवले हरेक तहमा बराबरीको अधिकारका लागि संघर्ष जारी रहेको बताउनुभयो । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.