हुलाकी न्युज, धनुषा | राष्ट्रिय जनता पार्टी नेपालका नेता राजेन्द्र महताले आफूहरु प्रदेश नं २ को शिक्षास्तर उकास्न गम्भीर रहेको बताउनुभएको छ ।

जनकपुरधाममा आज आयोजित कार्यक्रममा धनुषा क्षेत्र नं ३ मा प्रतिनिधिसभाका उम्मेदवारसमेत रहनुभएका महतोले प्रदेश नं २ को शिक्षास्तर खस्कँदै गइरहेको प्रति चिन्ता व्यक्त गर्दै भन्नुभयो, ‘शिक्षास्तर उकास्नका लागि राजपा नेपालले हरसम्भव प्रयास गर्नेछ ।’
प्रदेश नं २ मा मधेशवादी दलको सरकार बन्ने जिकिर गर्दै नेता महतोले अधिकार प्राप्तिका लागि मधेशी जनताले राजपको पक्षमा जनादेश दिनु आवश्यक रहेको बताउनुभयो । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.